दफा
समितिको स्थापना
: (१) “राष्ट्रिय समाचार समिति” नामले एउटा समिति स्थापना हुनेछ ।
(२) समिति अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ । सो संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । यसले यस ऐन र प्रचलित नेपाल कानुनको अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र नामसारी गर्न
सक्नेछ । यसले आफ्नो नामबाट नालेश उजुर गर्न र यस उपर पनि सोही नामबाट नालेश उजुर लाग्न सक्नेछ ।
(३) समितिको प्रधान कार्यालय काठमाडौंमा रहनेछ र नेपाल………. भित्र वा विदेशमा समेत प्रतिनिधि, समाचारदाता र सम्पादक नियुक्त गर्नु समितिको लागि कानुनी हुनेछ ।